Section 16
कामबाट हटाउने
(१) दफा १५ बमोजिम प्रतिष्ठानको निरीक्षण गर्दा दफा ३ वा ४ विपरीत बालकलाई कुनै प्रतिष्ठानमा काममा लगाइएको पाइएमा निरीक्षण गर्ने कर्मचारीले यथाशीघ्र त्यस्तो बालकलाई निजको बाबु, आमा वा संरक्षकको जिम्मा लगाउने र बालकलाई कामबाट हटाउन व्यवस्थापकलाई आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बालकको बाबु, आमा वा संरक्षक नभएमा वा पत्ता नलागेमा त्यस्तो बालकलाई व्यवस्थापकले कुनै बाल कल्याण गृह वा बालकलाई हेरचाह गर्ने
कुनै संस्थामा राखिदिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम बालकलाई निजको बाबु, आमा वा संरक्षकको जिम्मा लगाउँदा लाग्ने खर्च वा बाल कल्याण गृह बालकलाई हेरचाह गर्ने संस्थामा राख्दा
त्यस्तो बाल कल्याण गृह वा संस्थाको नियमानुसार लाग्ने खर्च प्रतिष्ठानले व्यहोर्नु पर्नेछ ।